पहिरोले अवरुद्ध काठमाडौं–मुग्लिङ सडक एकतर्फी खुल्यो

काठमाडौं, १२ भदौ ।  धादिङको थाक्रे गाउँपालिकास्थित सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि अवरुद्ध काठमाडौं–मुग्लिङ सडक एकतर्फी खुलेको छ । आज बिहान साढे ३ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको सडक बिहान साढे ६ बजेतिर एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक एकतर्फी खुलेसँगै रातिदेखि बाटोमै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । यद्यपि,…