सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का जन्मिएको छ : डा. शेखर कोइराला

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको जग नै निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ का स्थानीय कांग्रेस नेताहरूसँगको भेटघाटका क्रममा उहाँले संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने काम निर्वाचनले गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट…