औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी र व्यवसायीको चर्को विरोध, ९ संस्थाद्वारा आन्दोलनको घोषणा

काठमाडौं, २७ जेठ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) लगायतका ९ वटा औषधिका संघ संस्थाले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनिहरुले आन्दोलनको घोषणा गरेका हुन् । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित मूल्य नीति सुझाव समितिको प्रतिवेदन लागू भएमा एक महिनाभित्र औषधिको हाहाकार हुन सक्ने चेतावनीसमेत दिएका छन्…