जनकपुर, २८ जेठ । प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा. किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा. संयुक्त आचार्यले जानकारी दिनुभयो । अधिवेशनबाट प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समितिको उपसभापतिमा डा. अश्विनी…