काठमाडौं, १६ भदौ । गायन प्रतियोगिता ‘नेपाल आइडल६’ (छैटौं संस्करण)को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती, मृनल मानन्धरलाई पछि पार्दै सोनामले उपाधि हात पारेकी हुन् । गंगाले २५ लाखको चेक पुरस्कार पाइन् । फस्ट रअनरअप बबिता र सेकेण्ड रनरअप दर्शना बनिन् ।…