काठमाडौं, १७ मंसिर । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । अमेरिकी डलर एकको खरिददर आजका लागि १ सय ४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ…