काठमाडौं, ३२ असार । काठमाडौंको पुरानो सिनामंगलबाट राजस्व छलीका २ करोड बढीको विद्युतीय उपकरणसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२, पुराना सिनामंगलस्थित पञ्चमुखी चोकबाट २ करोड १९ लाख ७६ हजार मूल्य बराबरको विद्युतीय सामग्रीसहित ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका हुन् । वाङले पञ्चमुखी चोकस्थित पाँच तले घर भाडामा…