काठमाडौं, २० कात्तिक । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।
12
Shares








प्रतिक्रिया