काठमाडौं, २० कात्तिक । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।थालारा गाउँपालिका(२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । काअनुसार ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
9
Shares








प्रतिक्रिया