प्रधानमन्त्री र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं, २० कात्तिक ।  प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा। रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार देशमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो । त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा भएको चुनावको अनुभव सुनाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार  ०८ : ०६  बजे