बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौँ : बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । शेर्पालाई हिजो (मंगलबार) प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको थियो ।

फैसला कार्यान्वयनका लागि आज उनलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो । उनीविरुद्ध बहुविवाह मुद्दामा १ वर्ष जेल सजाय र ५ हजार जरिवाना तोकिएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बुधबार  १४ : २४  बजे