महानगरले ट्राफिक प्रहरी कार्यालय थापाथलीका संरचना भत्काउने तयारी गरेपछि प्रहरी तैनाथी बढाइयो

काठमाडौँ : काठमाडौँ महानगरको नगर प्रहरीको टोली यतिवेला थापाथलीस्थित् ट्राफिक प्रहरी प्रभागको कार्यालयमा तैनाथ भएका छन् । महानगरले सम्पदा संरक्षणको लागि भन्दै त्यहाँ निर्माण भएका अवैध संरचना भत्काउने डोजर चलाएको छ ।

महानगरले प्रहरी प्रभागको कार्यालयपनि भत्काउने भएको हो । अहिले ठूलो संख्यामा प्रहरी सो क्षेत्रमा तैनाथ गरिएको छ । उता, महानगरलेपनि आफ्ना नगर प्रहरीलाई ठूलो संख्यामा खटाएको छ। सो क्षेत्रको आवागमनमा केही समस्या देखिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार  १२ : ४६  बजे