नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा आयोजना गर्ने

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उहाले बताउनुभयो ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, शनिबार  १८ : २४  बजे