काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार साढे १२ बजे पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो । तत्काल लोडर प्रयोग गरी पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
घिमिरेले भने- ‘अहिले पानी परेका कारण पहिरो पन्छाउन समस्या भएको छ । पानी रोकिएपछि पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याउँछौँ ।’ यसअघि बिहान पनि सोही ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको थियो ।
तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको थियो । उक्त स्थानमा निरन्तर पहिरो झर्ने क्रम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न विभागले अनुरोध गरेको छ । साथै लेन अनुशासनमा रही सवारी साधन चलाउनसमेत अनुरोध गरेको छ ।
प्रतिक्रिया