माइतीघर क्षेत्रमा सुरक्षा जाँचमा कडाइ

काठमाडौं, २६ भदौ ।  काठमाण्डौको माइतीघर क्षेत्रमा नेपाली सेनाले सुरक्षा जाँचमा कडाइ गरेको छ । पैदल हिँडडुलमा समेत रोक लगाउँदै सेनाले कडाइका साथ सुरक्षा जाँच गरिरहेको हो ।
‘संविधान बचाउ’ भन्दै केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले कडाइ गरेको हो । अत्यावश्यक सेवाका गाडीलाई रोकतोक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन ।
हिजो युवाहरूको केही समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेका थिए । त्यही आधारमा सेनाले कडाइ गरेको हो । माइतीघरमा प्रदर्शनमा कडाइ गरेपछि केही युवाहरूले आसपासका क्षेत्रमा कडाइ तथा साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  १६ : २३  बजे