काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडैलले राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी गराउनुभएको छ ।
आज विज्ञप्ति निकालेर राष्ट्रपति पौडेलले वर्तमान विषम परिस्थितिमा देशलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र देशमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको बताउनुभएको हो ।
उहाँले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक देशमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपील गर्नुभएको छ ।
15
Shares
प्रतिक्रिया