काठमाडौँ, २५ भदौ। हिजो दिनभर र राति अबेरसम्म भएको तोडफोड र आगजनीले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको सडकमा खरानी र भग्नावशेष थुप्रिएका छन् । जलाइएका फर्निचर, कागजात यत्रतत्र छरिएका छन् । धुलो र खरानीले प्रदूषण बढेको छ ।
जेन्जी समूहले आज सडकहरूमा स्वतःस्फुर्त रुपमा सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ । धेरैजसो प्रहरी बिट, निजी घर तथा सरकारी संरचना जलाउँदा त्यसको फोहोर सडकमा अस्तव्यस्त छ । अत्यधिक टायर जलाइएका कारण आकाश पनि प्रदुषित बनेको छ । सेना परिचालन भएसँगै अवस्था सामान्य बन्दै गएको छ ।
प्रतिक्रिया