काठमाडौं महानगरका विद्यालय २६ गतेसम्म बन्द रहने

काठमाडौं, २३ भदौ ।  काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द रहने भएका छन् ।काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयले दिएको जानकारीअनुसार २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ । सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  २२ : १९  बजे