काठमाडौं, २१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूले शनिबार इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकमा पुगेर उनीहरूले इन्द्रजात्रा अवलोकन गर्नभएको हो ।
इन्द्रजात्रा अवलोकन गर्न विशिष्ट व्यक्तिहरू जुद्ध सालिक भएको स्थानबाट पैदल हिँडेर दरबार क्षेत्रमा पुग्नुभएको थियो । शनिबार इन्द्रजात्राको मुख्य दिन हो ।यस दिन श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।
तस्बिर हेर्नोस्
प्रतिक्रिया