काठमाडौं, १३ भदौ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख हुनुहुन्छ । उहाँले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भर्नुभएको थियो । तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन पटकमा नियुक्ति दिइयो । पहिलो पटक ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानुभएको थियो ।
दोस्रोमा, १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बन्नुभएको थियो । उहाँ पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ एकल प्रतिस्पर्धी हुनुहुन्थ्यो । उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा ५६ एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा जानुभयो भने । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण दुई दिनपछि १५ भदौमा अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ । हाल प्रशासन विभाग प्रमुखको रूपमा रहनुभएका पोखरेल पनि अवकाशमा जाने निश्चित रहेकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनन्नुभएको थियो । उहााको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उहँको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुहुने छ ।








प्रतिक्रिया