प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने

काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गर्नुभएको छलफलपछि यसबारे जानकारी गराइएको हो । प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउनु हुने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । साथै संसदको आगामी बैठक र कार्यसूचिबारे छलफल भएको छ । १३ गतेपछि १८ गते र २५,२६ र २७ भदौमा बैठक हुने सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको आगामी बैठकको कार्यसूचिबारे छलफल भयो । त्यसपछि हामी १८ गतेदेखि, १८ र १९ गते र त्यो भन्दा पछाडिको कार्यक्रम कसरी गर्ने भन्नेबारेमा छलपल गरेका छौँ । भाद्र महिनाभरको कार्यतालिका कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ । अर्को हप्ता २५,२६ र २७ गते बैठक हुन्छ ।’सदनमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउने कार्यसूचि रहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार  १८ : ०८  बजे