काठमाडौं, १२ भदौ । धादिङको थाक्रे गाउँपालिकास्थित सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि अवरुद्ध काठमाडौं–मुग्लिङ सडक एकतर्फी खुलेको छ ।
आज बिहान साढे ३ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको सडक बिहान साढे ६ बजेतिर एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सडक एकतर्फी खुलेसँगै रातिदेखि बाटोमै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । यद्यपि, सडक एकतर्फी मात्रै खुलेकाले लामो जाम छ ।
प्रहरीका अनुसार सडक दुईतर्फी खुलाउने प्रयास भैरहेको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया