काठमाडौं, ४ कात्तिक । जेनजी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दसैँपछि दिउँसै गिरफ्तार गर्न सरकारलाई आग्रह गर्नुभएको छ। आफू र अन्य जेनजी अभियन्तालाई पक्राउ गर्ने तयारी भइरहेको खबर पाएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्नुभएको हो।
ढुंगानाले फेसबुकमा लेख्नुभएको छ, ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ।’
तेस्रो ध्रुव र जनविद्रोहपछि आवश्यक वास्तविक वैकल्पिक शक्तिको वकालत दसैँपछि गर्ने उल्लेख गर्दै उहाँले त्यसपछि दिउँसै गिरफ्तार गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
‘आजकल देश राति मात्रै बन्दो रहेछ, के गर्नु होला !’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।












प्रतिक्रिया