जिल्ला अदालत परिसरबाट दुई जना पक्राउ

काठमाडौं, २ असोज । काठमाडौं जिल्ला अदालत परिसरबाट दुई जना पक्राउ परेका छन्।

लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिएको आरोपमा नुवाकोटका अजय थापा मगर र हरिराम गिरी पक्राउ परेका हुन्।

अदालतका अनुसार उनीहरूले अदालत परिसरमै रकम लेनदेन गरेको पाइएपछि पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अदालतले जनाएको छ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  २० : ४५  बजे