काठमाडौं, १ असोज । भोटेकोसी नदीमा आएको बाढीमा परी घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० जना घर फर्किएका छन्।
शिक्षण अस्पतालका प्रवक्ता तथा वरिष्ठ न्यूरो सर्जन डा. गोपाल सेढाइँका अनुसार अस्पतालमा उपचारका लागि ल्याइएका ८४ घाइतेमध्ये बिहीबार साँझसम्म ७० जना उपचारपछि घर फर्किनुभएको हो।
अस्पतालमा अहिले आठ जना घाइतेको उपचार भइरहेको छ। उपचाररतमा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेल हुनुहुन्छ।
अस्पतालमा ल्याइएका चार जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको डा. सेढाइँले बताउनुभयो।
अस्पतालका अनुसार बाढीमा घाइते भएर ल्याइएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।











प्रतिक्रिया