किशोर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो ।

इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत साथमा राखी उनलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

रिट निवेदकका तर्फबाट अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गर्नुभएको थियो ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  ११ : २३  बजे