किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २८ साउन । पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई बिहीबार ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो ।

श्रेष्ठमाथि लागेको आरोपबारे प्रहरीले अनुसन्धान अघि बढाउने जनाएको छ । यसैबीच, उहाँको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकारसम्बद्ध संघसंस्थाले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गर्दै आएका छन् ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  २० : ४९  बजे