काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किनुभएको छ।
उहाँ बिहीबार दिउँसो काठमाडौं आइपुग्नुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता–कार्यकर्ताले बाजागाजासहित उहाँको स्वागत गरेका छन्।
देउवालाई कांग्रेस नेता पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो। उहाँको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका नेता–कार्यकर्ता विमानस्थल पुगेका थिए।
उपचारका लागि देउवा गत फागुनमा सिंगापुर जानुभएको थियो। त्यसपछि हङकङ हुँदै थाइल्यान्डबाट उहाँ आज नेपाल फर्किनुभएको हो।
यसअघि नवयुवा आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएपछि उहाँको परिवार महाराजगञ्जमा भाडाको घरमा बस्दै आएको थियो।
स्वदेश फर्किएसँगै देउवा नेपाली कांग्रेसको पछिल्लो राजनीतिक गतिविधिमा पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया