प्रकाशित समाचारप्रति समिरकुमार नेपालको खण्डन

काठमाडौं, २७ साउन । भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका शेयरधनी समिरकुमार नेपालले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति खण्डन गर्नुभएको छ।

नेपाल पब्लिक प्रेसमा प्रकाशित समाचारमा आफूविरुद्ध लगाइएका आरोप तथा दाबीहरू र वास्तविकतासँग मेल नखाने उहाँको भनाइ छ।

समाचारमा प्रकाशित सामग्रीले आफ्नो व्यक्तिगत, व्यावसायिक तथा सामाजिक प्रतिष्ठामा असर परेको भन्दै उहाँले तथ्यहीन सामग्री सच्याउन वा हटाउन आग्रह गर्नुभएको छ। साथै, आफ्नो खण्डन सोही स्थान र प्राथमिकताका साथ प्रकाशित गरी पाठकसमक्ष वास्तविक तथ्य प्रस्तुत गरिदिन उहाँले अनुरोध गर्नुभएको छ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार  १९ : ०८  बजे