काठमाडौं, ९ साउन । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। शुक्रबार अपराह्न घरबाट हराएकी बालिकाको शव साँझ घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट लागेको थियो। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा कपडा लगाएकै अवस्थामा थियो। प्रारम्भिक अनुसन्धानका क्रममा तत्काल यौन हिंसाको संकेत नदेखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति हेर्दा पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने आशंका गरे पनि यसको पुष्टि हुन बाँकी रहेको जनाएको छ। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले घटनास्थलमा प्रमाण संकलन, स्थानीयसँग सोधपुछ तथा सम्भावित संलग्न व्यक्तिको खोजी गर्दै घटनाको विस्तृत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया