काठमाडौं, ८ साउन । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे आफूलाई कुनै औपचारिक जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कुमार बेनको भारत भ्रमण सम्बन्धी कुनै आधिकारिक जानकारी मन्त्रालयमा प्राप्त नभएको स्पष्ट पार्नुभयो।
सञ्चारमाध्यममा सार्वजनिक विवरणअनुसार कुमार बेन गत जुलाईको पहिलो साता नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको बताइएको छ।
तर, उक्त भ्रमणबारे हालसम्म नेपाल सरकारले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। प्रधानमन्त्रीको सचिवालयले पनि भ्रमणका विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
स्रोतका अनुसार कुमार बेन पर्साको रक्सौल नाका हुँदै स्थलमार्गबाट नयाँ दिल्ली पुग्नुभएको थियो।







प्रतिक्रिया