काठमाडौँ, ८ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सिंहदरबारमा आज निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।प्रधानमन्त्रीले निर्यातजन्य उद्योग व्यवसायका समस्याहरूबारे जानकारी लिँदै आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिनुभएको प्रतिनिधिहरूले बताएका छन् ।छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पस्मिना उद्योग सङ्घ, कार्पेट तथा प्लाइउड निर्यातकर्ता र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरू सहभागी थिए ।
15
Shares







प्रतिक्रिया