सुशासन र विधायन व्यवस्थापनसहित ३ समितिको बैठक आज बस्दै

काठमाडौँ, ८ साउन । संघीय संसद्अन्तर्गतका ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दै छ ।

सिंहदरबारमा शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३र८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने भएको छ । सोही समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको हो।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुने भएको हो ।

साथै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुने भएको छ । समितिको बैठक शुक्रबार शुक्रबार दिउँसो साढे २ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको हो।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  ०८ : ५१  बजे