वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ७ साउन । सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी वेदिका केसीलाई काठमाडौं जिल्ला अदालतले एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बिहीबार प्रहरीलाई केसीमाथि थप अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले केसीलाई बिहीबार दिउँसो काठमाडौंको जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा राधिका दासीविरुद्ध विभिन्न अभिव्यक्ति सार्वजनिक गरेपछि उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। घटनाबारे साइबर ब्युरोले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  २१ : ०७  बजे