काठमाडौं, ७ साउन । अभिनेता राजेश हमालले देशको वर्तमान शासन प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्पष्ट दीर्घकालीन योजना र दूरदृष्टिको अभावले मुलुक ठप्प अवस्थातर्फ जान सक्ने चेतावनी दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै हमालले देशको शासन व्यवस्था ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन भइरहेको टिप्पणी गर्नुभएको हो।
उहाँले कुनै पनि राष्ट्रको भविष्य संयोग वा भाग्यको भरमा नभई स्पष्ट दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिले निर्धारण हुने उल्लेख गर्नुभयो। दैनिक समस्या समाधानमै सीमित हुने शैलीले देशलाई सही दिशामा अघि बढाउन नसक्ने उहाँको भनाइ छ।
हमालले आगामी ५, १० वा २० वर्षको स्पष्ट राष्ट्रिय दृष्टिकोण र यथार्थपरक योजना आवश्यक रहेको उल्लेख गर्दै तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा दूरदृष्टिविहीन शासनले मुलुकलाई प्रगतिभन्दा ठप्प अवस्थातर्फ धकेल्न सक्ने चेतावनी दिनुभयो।







प्रतिक्रिया