काठमाडौं, ७ साउन । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुग्नुभएका मन्त्री पोखरेलको विरोध गर्दै प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएका थिए। प्रदर्शनका क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ।
प्रदर्शनकारीहरूले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न, योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्ति (मेरिटोक्रेसी) लागू गर्न तथा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री रहने व्यवस्था हटाउन माग गरेका छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।







प्रतिक्रिया