विराटनगर, ७ साउन । मोरङको उर्लाबारी नगरपालिका–४ खोर्सानीबारीकी ६५ वर्षीया पवित्रा बास्तोलाको करेन्ट लागेर मृत्यु भएको छ।
बुधबार साँझ आफ्नै घरमा रहेको घाँस काट्ने मेसिन चलाउने क्रममा करेन्ट लागेर उहाँ गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ।
उहाँलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया