रुपन्देही, ६ साउन । बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्क क्षेत्रबाट अवैध हतियार र गोलीसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ निवासी २६ वर्षीय रेशम तुङसिङ मगर रहेका छन्।
प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरिरहनुभएको अवस्थामा खानतलासी गर्दा उहाँको साथबाट रिभल्वरमा प्रयोग हुने एक थान गोली फेला पारेको थियो। त्यसपछि गरिएको थप अनुसन्धानका क्रममा उहाँको घरबाट एक थान रिभल्वर र त्यसमा प्रयोग हुने पाँच थान गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मगरविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया