काठमाडौं, ३ साउन । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज मध्याह्न काठमाडौंको कुलेश्वरमा गोली चलाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि कारोबारीहरूले उल्टै आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको ब्युरोका एसएसपी सुभाष बोहराले बताउनुभयो ।
गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् भने प्रहरीले उनीसहित अन्य दुई जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । दुई नेपालीमध्ये एक महिला रहेको पनि बोहराले खुलाउनुभयो ।
पक्राउ परेका नेपालीहरूको नाम भने प्रहरीले अझै सार्वजनिक गरिसकेको छैन । घाइते भारतीय नागरिकको उपचार भइरहेको छ ।







प्रतिक्रिया