नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

काठमाडौं, १ साउन । गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएका छन् ।

पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा क्षेत्रमा पनि पहरो खसेको छ । तर सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

कान्ति लोकपथ भने अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने सबै नाका सामान्य रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार  ०७ : ४३  बजे