काठमाडौं, २८ जेठ । गुन्डागर्दी आरोपमा प्रहरीले बौद्धबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने श्याम लामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध ३ दिनको म्याद समेत थप भएको छ ।लामालाई आजै बौद्धबाट पक्राउ गरिएको हो । उनी विभिन्न समूह बनाएर गुन्डागर्दीमा संलग्न रहेको र सर्वसाधारणलाई दुख हैरानी दिएको प्रहरीले बताएको छ ।उनीविरुद्ध यसअघि पनि विभिन्न ४ वटा मुद्दा चलेको पाइएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया