काठमाडौं, २६ जेठ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिने बताउनुभएको छ।
मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त विषयमा आवश्यक अध्ययन गरी अघि बढ्ने बताउनुभएको हो।
गृहमन्त्री गुरुङले आफूविरुद्ध जस्तोसुकै आरोप आए पनि सामना गर्न सक्ने प्रतिक्रिया दिनुभएको छ। जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि हाल प्रहरीले मुद्दा चलाइरहेको छ भने केहीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।
जेनजी अगुवा उपार्जुन चाम्लिङका अनुसार हालसम्म ९३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेका व्यक्तिहरूको रिहाइको माग गर्दै केही अभिभावकहरू ३०–३५ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन्।
त्यस्तै, उनीहरूले रिहाइको माग गर्दै राजनीतिक दलको कार्यालयमा समेत धर्ना दिएका थिए।
चाम्लिङका अनुसार गृहमन्त्री गुरुङको शपथ ग्रहणका बेला पनि शीतलनिवास बाहिर धर्ना कार्यक्रम गरिएको थियो।








प्रतिक्रिया