प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो

काठमाडौं, २६ जेठ । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन प्याकेटमा बाँडिएको छ ।

कृषिमन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दूध, दही, पेँडा, बटर, चिजलगायत रहेका थिए । यसबाट डीडीसीको प्रवर्द्धन अभियानलाई थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि पनि डीडीसीकै उत्पादन याक चिजको फोटोसहित सामाजिक सञ्जालमा आफ्नो तस्वीर सार्वजनिक गर्नुभएको थियो ।सरकारले सरकारी स्वामित्वको डीडीसीका उत्पादनको प्रवर्द्धन साथै अन्य स्वदेशी वस्तुको प्रयोग र उपभोगमा जोड दिन प्रयास गरेको भन्दै चर्चा हुँदै आएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  २० : २९  बजे