गगनको कटाक्ष : निष्कर्ष तय थियो भने छानबिन किन ?

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पत्ति छानबिनका लागि आफूहरू तयार गरेको बताउनुभएको छ । गोरखा पुगेर सभापति थापाले सरकारमा रहेकाहरूले पनि आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामी जसरी हिम्मत गरिरहेका छौँ, तपाईँहरू प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, त्यो प्रधानमन्त्री मन्त्री बन्दै गर्दा जुन तपाईँले आफ्नो सम्पत्ति देखाउनु भएको छ, कोही भर्खरका नौजवान साथीहरू हुनुहोला, तपाईँहरूसँग हुनुहुन्न भन्ने कुरा होइन । तर नागरिकको स्तरमा यो उमेरमा तपाईँहरूसँग यति धेरै सम्पत्ति कहाँबाट आएछ भनेर सोध्दै गर्दा वैध स्रोत देखाउन सक्नुहुन्छ ? त्यो साहस तपाईँहरूसँग छ कि छैन ?’

उहाँले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि सरकारले गरेको छानबिनमा प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो,‘अहिले तपाईँहरूकै जिल्लाको देखाएको जस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ, कालेकाले मिलेर खाऊँ भाले भनेर होइन। यस्तो झन्झट किन गरिराखेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो नि ?’

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  १५ : २३  बजे