काठमाडौं, ३० वैशाख । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध जनाएका छन्। सभामुखले बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएपछि विपक्षी दलहरूका सांसदहरू सिटबाट उठेर अवरोध जारी राखेपछि १५ मिनेटको लागि स्थगित भएको वैठक सुरु भएको छैन ।
15
Shares








प्रतिक्रिया