काठमाडौं, २२ चैत्र । प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट शुरू भएको आगो बस्तीमा फैलिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
गएराति पौने १२ बजे शुरू भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टोली र स्थानीयबासिन्दाको सहयोगमा बिहान ७ बजे मात्रै निभाइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेका छन् ।
आगलागीबाट झन्डै एक करोड रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया