दीपक भट्टविरुद्ध १० दिन म्याद थप

काठमाडौँ, १९ चैत ।  सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १८ : ५८  बजे