कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने क्रममा उहाँलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार उहाँमाथि आर्थिक कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधिबारे छानबिन भइरहेको छ। उहाँ लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत मुछिनुभएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा उहाँको निवासमा आगजनी हुँदा नगद रकम उडेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनासम्बन्धी विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको जनाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  ०९ : २९  बजे