काठमाडौं, चैत्र १४ । संविधानविद् निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै प्रतिशोध र धरपकडको राजनीति मुलुकका लागि हितकर नहुने टिप्पणी गर्नुभएको छ।
नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।
पूर्वकानुनमन्त्रीसमेत रहनुभएका आचार्यले ‘एक्स’मा लेख्नुभएको छ, “साह्रै नै नमिल्ने कुरा भइरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन।” उहाँले वर्तमान परिस्थितिले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रश्न उठाउन सक्ने संकेत गर्नुभएको छ।
यसैबीच, प्रहरी स्रोतका अनुसार शनिबार बिहानै पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरिएको थियो भने केही समयपछि पूर्वप्रधानमन्त्री ओलीलाई पनि भक्तपुरकै गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसँग सम्बन्धित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा यी गिरफ्तारी भएको बताइएको छ। घटनाक्रमसँगै देशको राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिन थालेको छ।







प्रतिक्रिया