काठमाडौं, ११ चैत । काठमाडौंको ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा २० जना विदेशी महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार पक्राउ पर्ने सबै महिला युगान्डाका नागरिक हुन् । उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार ती महिलाहरूले सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा रोक्ने, बाटो छेक्ने तथा अश्लील व्यवहार गर्दै मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा फेला परेका थिए ।
घटनाबारे जानकारी दिँदै एसपी पवन भट्टराई ले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर्यटकीय क्षेत्र ठमेलमा यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी थप कडा बनाएको जनाएको छ।







प्रतिक्रिया